Section 61
असल नियतले गरेको कामको बचाउ
उपभोक्ता संरक्षण परिषद्‌, केन्द्रीय अनुगमन समिति, स्थानीय बजार अनुगमन समिति, निरीक्षण अधिकृत वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तव्यपालन गर्दा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रूपले जवाफदेही हुने छैन।